dhan-godam

धानको नयाँ मुल्य निर्धारण

धानको नयाँ मुल्य निर्धारण
शोभा कोइराला
मंसिर ५ । राजापुर बर्दिया
नेपाल खाद्य सँस्थान आधुनिक चामल कारखाना राजापुरले धानको नयाँ मुल्य निर्धारण गरेको छ । नेपाल खाद्य सँस्थान केन्द्रिय कार्यलय काठमाण्डौको परिपत्र तथा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाको अध्यक्षतामा सुक्रवार बसेको बसेको स्थानिय प्राथमिक खरिद समितीको बैठकले सोमवार देखि लागुहुनेगरी नयाँ मुल्य निर्धारण गरेको हो ।
निर्धारित मुल्य अनुसार मोटो धान प्रतिक्इन्टल १ हजार ९ सय ५० रुपैया मकवानपुर धान प्रतिक्इन्टल २ हजार २ सय मद्यम धान प्रतिक्इन्टल रु २ हजार २ सय ५०.मा किसानहरुले बिक्री गर्न सक्ने नेपाल खाद्य सँस्थान आधुनिक चामल कारखाना राजापुर प्रमुख भोजराज पाण्डेले रेडियो साथीलाई बताउनु भयो । आधुनिक चामल कारखाना राजापुरले पहिलो चरणमा ४० हजार क्इन्टर धान खरिदगर्ने लक्ष्य लिएको छ । धान खरिदको दायरामा चिस्यानको मात्रा १८ प्रतिसत भन्दा बढि नभएको बिक्रेको ढुसीलागेको दाना ५ प्रतिसत बढि नभएको , अन्य पदार्थ २ प्रतिषत भन्दा बढि नभएको अन्य दाना ८ प्रतियात भन्दा बढि नभएको हुनुपर्ने र पोटिलो र एक नासको दाना भएको किरा नभएका तथा सफाहुनुपर्ने मापदण्ढ तोकिएको छ । भने पलिदारी खर्च सँस्थानले बेहोर्ने आधुनिक चामल कारखाना राजापुरले जनाएको छ । स्थानिय व्यापारीको मनोमानी मुख्यमा धान बिक्री गर्न वाध्य किसानहरु मुल्य निर्धारण गरे सँगै खुशि भएका छन् ।

x

Check Also

कार्यकर्ता भेटघाटमा सम्वोधन गर्दै नेपाली कांग्रेशका महासमिति सदस्य तथा तरुणदलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सीना

कांग्रेशको घरदैलो भेटघाट

केशव कोइराला फागुन ८–राजापुर स्थानिय निकायको चुनावलाई मद्य नजर गर्दै नेपाली कांग्रेशले बर्दियाको राजापुरमा घरदैलो ...